ad ad

राजनीति


सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनले हरेक निर्वाचन क्षेत्रमा २ सय युवा परिचालन गर्ने

सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनले हरेक निर्वाचन क्षेत्रमा २ सय युवा परिचालन गर्ने

नेपालखबर
असोज २९, २०७९ शनिबार ७:१२, काठमाडौँ

सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले हरेक निर्वाचन क्षेत्रमा २ सय युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेका छन्।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी ,अनेरास्ववियु, लोकतान्त्रिक बिध्यार्थी संघ,अखिल छैठौं र समाजवादी बिद्यार्थी यूनियनको बैठकले पाँचवटै संगठनका अध्यक्ष सलग्न केन्द्रिय परिचालन समिति बनाउने निर्णय समेत  गरेको छ । 

‘संविधान कुल्चने , पटक पटक संसद बिघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धी माथी खेलबाड गरि मुलुकलाई पछि फर्काउन चाहने ,स्वेच्छाचारी र प्रतिगामी शक्ति लाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना  निर्माण गर्ने रणनिति  अनुरुप  गठन्धनमा सहभागी दल निकट बिध्यार्थी संगठनका नेता कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने,’ विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरिय  संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।

‘गठबन्धन आबद्ध विद्यार्थी संगठन का अध्यक्षहरुले अडियो, भिडियो मार्फत गठबन्धन का उम्मेदवारहरु बिजय गराउन सार्वजनिक अपिल गर्ने,’ विद्यार्थी संगठनहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘चुनावी प्रतिश्पर्धामा रहेका दलको शिर्ष नेतृत्व तथा संयुक्त बिद्यार्थी संगठनका पुर्व बिध्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन बिशेष  कार्यक्रम र संयुक्त संबोधन अपिल गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .