पाँचदलीय गठबन्धनले बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा संयुक्त निर्वाचन सम्पर्क कार्यालय खोलेको छ।
सम्पर्क कार्यालयको उद्घाटन शुक्रबार गठबन्धन तर्फबाट बागलुङ १ का उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गरे।
कार्यालय उद्घाटनसँगै आयोजित उम्मेदवार परिचय तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सभा बागलुङ १ का साझा उम्मेदवार केसीले प्रतिगमनको अन्त्य, संविधानको रक्षा, राजनैतिक स्थायित्वका लागि लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारहरु विजयी गराउन आग्रह गरे।
कार्यक्रममा क्षेत्र नं.१ (क) का उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्र बहादुर थापा, १ (ख) का उम्मेदवार कांग्रेसकै डिल्लीराम सुवेदी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बलावती शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्का, नेकपा समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा र जनता समाजवादीका चित्र सापकोटा लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलको सञ्चालन, कांग्रेस बागलुङका कावा अध्यक्ष सागर छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो।
Shares
प्रतिक्रिया