राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई. चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन्।
शुक्रबार बिहान कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन्।
उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन्। लुम्बिनी विकास कोषमा काम गरेका ई।श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन्।
उनलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताए।
105
Shares

प्रतिक्रिया