राजनीति


जसपाका चारैजना मन्त्री प्रधानमन्त्रीद्वारा बर्खास्त

जसपाका चारैजना मन्त्री प्रधानमन्त्रीद्वारा बर्खास्त

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १८:५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारैजना मन्त्रीलाई बर्खास्त गरेका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल सहमति गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका हुन्। 

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका हुन्। 

जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए। जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई त्यसबेला सरकारमा पठाएको थियो। 

त्यसैगरी २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन्। 

प्रधानमन्त्री देउवाले उनी बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .