अनलाइन भुक्तानी वालेट खल्तीले बस टिकट खरिदमा स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ।
कम्पनीले बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये २ जनालाई स्मार्टफोन दिने भएको हो।
यो अफर असोज २७ देखि कात्तिक २६ सम्म लागू हुने खल्तीले जनाएको छ।
यसअघि पनि कम्पनीले गत भदौ १९ देखि असोज १८ सम्म दशैँको समयमा बस टिकट खरिदमा यही अफर ल्याएको थियो। जसमा दुई जनाले स्मार्टफोन जितेका थिए।
अफरमा सहभागी हुन खल्ती अकाउन्ट केवाईसी प्रमाणित हुनुपर्ने कम्पनीले जनाएको छ।
27
Shares

प्रतिक्रिया