कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले चुनाव चिन्ह ‘माछा’ पाएका छन्।
०७४ को चुनावमा आरजु राणा देउवालाई हराउन भूमिका खेलेको आरोपमा कांग्रेसबाट कारबाहीमा परेका ओझाले कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै, आरजुका स्वकीय सचिव प्रकाश देउवा विरुद्ध कैलाली प्रदेश सभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीले चुनाव चिन्ह ‘केरा’ पाएका छन्।
चुनाव चिन्ह पाएकाले आजैदेखि चुनाव प्रचारप्रसार अभियान लागेको भण्डारीले बताए।
कैलाली ५ अन्तर्गत पर्ने सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका थिए।
69
Shares
प्रतिक्रिया