ad ad

राजनीति


सुर्खेतका एमाले नेता खत्रीले फिर्ता लिए उम्मेदवारी

सुर्खेतका एमाले नेता खत्रीले फिर्ता लिए उम्मेदवारी

नेपालखबर
असोज २६, २०७९ बुधबार १३:३४, सुर्खेत

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा 'क' मा स्वातन्त्र उम्मेवारी दिएका खड्क खत्रीले फिर्ता लिएका छन्। 

खत्रीले बुधबार गुर्भाकोट नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्। 

त्यही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा जितेका खत्री कर्णाली प्रदेशको भौक्तिक पूर्वधार तथा सहरी विकास मन्त्री बनेका थिए। 

उनको नाम टिकटका लागि सिफारिसमा परे पनि सिफारिसमै नपरेका एमाले नेता डण्डीप्रसाद शर्मालाई दिएपछि खत्रीले बागी उम्मेदवारी दर्ता गराएका थिए।

पार्टीभित्र देखिएको समस्या समाधान भएपछि खत्रीले उम्मेदवारी फिर्ता लिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए। 

यस्तै, उम्मेदवारी फिर्ता लिएसँगै खत्रीले पार्टी भित्रको कमजोरीलाई सुधार गर्दै आफुनो पार्टीबाट उम्मेदवार बनेका सुर्खेत १ प्रतिनिधि सभामा उम्मेदवार ध्रुवकुमार शाही ,प्रदेशसभा 'क' मा ठम्मरबहादुर विष्ट र 'ख' मा डण्प्रसाद शर्मालाई विजयी गराउन लाग्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .