नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन पत्र फिर्ता लिएका हुन्।
उक्त क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेस नेता रामनाथ अधिकारीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। धमलाले उनीविरुद्ध ‘बागी’ दिएका थिए।
‘साथीहरुको चिन्तालाई, साथीहरुको अनुरोधलाई मैले नर्कान सकिन। म जुन दिनबाट राजनीतिमा आएँ नेपाली कांग्रेसको विद्यार्थी भएर आएँ,’ उम्मेदवारी फिर्तापछि सञ्चारकर्मीसँग भने, ‘आज म जुन ठाउँमा छु, कांग्रेसका कारणले छु। मैले सबै कुरा त्याग्न सक्छु। नेपाली कांग्रेस त्याग्न सक्दिनँ।’
कांग्रेसले बुधबार दिउँसो १ बजेसम्म गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी फिर्ता नलिए पार्टीका ‘बागी’, ‘बागी’ का समर्थक र प्रस्तावक स्वतः निस्कासित हुने चेतावनी दिएको थियो।
अधिकारी कांग्रेस धादिङका सभापति हुन् भने धमला पूर्वसभापति। धादिङ–२ मा एमालेका तर्फबाट खेम लोहनीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
Shares
प्रतिक्रिया