ad ad

राजनीति


प्रदीप पौडेललाई नरहरि आचार्यको सुझाव- सधैँ जनताको पक्षमा उभिएर अघि बढ्नू

प्रदीप पौडेललाई नरहरि आचार्यको सुझाव- सधैँ जनताको पक्षमा उभिएर अघि बढ्नू

नेपालखबर
असोज २६, २०७९ बुधबार १२:४३, काठमाडौँ

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले सत्ता गठबन्धनबाट काठमाडौं–५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा रहेर अगाडि बढ्न सल्लाह दिएका छन्।

काठमाडौंको गणेशवस्तीस्थित निवासमा बुधबार बिहान शुभकामना लिन पुगेका पौडेललाई उनले जनचाहनाअनुसार स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैं नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्न सल्लाह दिएका हुन्। 

‘काठमाडौं– ५ का आमनागरिक विवेकशील, निष्ठावान र सचेत छन्। परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यो क्षेत्रका बासिन्दाले कार्यभारको नेतृत्व तिमीलाई सुम्पनेमा म विश्वस्त छु,’ पौडेललाई शुभकामना दिँदै नेता आचार्यले भने, ‘जनचाहनाअनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैं नागरिकको पक्षमा अडिग रहेर अगाडि बढ्नू।’

दोस्रो संविधानसभा निर्वाचनमा नेता आचार्य काठमाडौं–५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। 

उनी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका हुन्। 
उक्त निर्वाचनमा आचार्यले १५ हजार ३६४ र पोखरेलले १४ हजार ७२३ मत प्राप्त गरेका थिए। 

२०७४ को निर्वाचनमा कांग्रेसले काठमाडौं–५ बाट प्रवक्ता डा. प्रकाशशरण महतलाई प्रतिनिधिसभा सदस्यमा उठाएको थियो। तर, उनी एमाले नेता पोखरेलसँग पराजित भएका थिए। २३ हजार २९ मतसहित पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा १३ हजार १६९ मत पाएका थिए। 

महत यसपटक समानुपातिक उम्मेदवार बनेपछि कांग्रेसले युवा नेता पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो। 

उनले गत सोमबारदेखि काठमाडौं महानगरपालिका–५ हाँडी गाउँबाट घरदैलो कार्यक्रम सुरु गरिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .