राजनीति


गोरखामा उपलब्ध माओवादी केन्द्रीय सदस्यसँग छलफल गर्दै प्रचण्ड

गोरखामा उपलब्ध माओवादी केन्द्रीय सदस्यसँग छलफल गर्दै प्रचण्ड

गोरखामा बसिरहेको माओवादी केन्द्रीय समिति बैठक


नेपालखबर
असोज २४, २०७९ सोमबार ८:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ निर्वाचन क्षेत्र गोरखामै त्यहाँ उपलब्ध केन्द्रीय समिति सदस्यहरुसँगको बैठक राखेका छन्। 

अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छाडेर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएपछि केन्द्रीय समिति सदस्यहरुसँग छलफल थालेका हुन्।

गोरखा सदरमुकामस्थित गार्डेन होटेलमा केहीबेरअघिदेखि प्रचण्डले त्यहाँ उपलब्ध केन्द्रीय सदस्यहरुसँगको बैठक राखेका हुन्। 

उक्त बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका केन्द्रीय नेता र पोलिटब्युरो सदस्यहरु सहभागी छन्। 

प्रचण्ड आइतवार उम्मेदवारी दिन गोरखा पुगेका हुन्। उनलाई साथ दिन बाबुराम र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad