आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि २४ सय ९४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
आइोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतवार मध्यरातिसम्म अपडेट भएको विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि २२ सय ६१ पुरुष र २३३ महिलाको उम्मेदवारी परेको हो।
अर्कातिर प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा करिब १ हजार धेरै उम्मेदवारी दर्ता भएको पौडेलले बताएका छन्।
उनका अनुसार प्रदेशसभा सदस्यका लागि जम्मा ३४ सय २३ जनाको उम्मेदवारी परेको छ।
जसमा ३१ सय २७ पुरुष र २९५ महिला रहेका छन्। त्यस्तै पुरुष, महिलाबाहेक अन्य एकजनाको पनि प्रदेशसभामा उम्मेदवारी परेको छ।
48
Shares

प्रतिक्रिया