जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले एउटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर २बाट जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतले उम्मेदवारी दर्ता गराएका हुन् ।
राउतको पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल गरेको छैन भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन्।
त्यस्तै, पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुरले पनि उम्मेदवारी दर्ता गराएका हुन्। ठाकुरले २०७४ को निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए।
7.4k
Shares

प्रतिक्रिया