लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
२०७४ सालको निर्वाचनमा धनुषा ३ बाट प्रतिनिधि सभामा जितेका नेता महतोले यस पटक सर्लाही २ बाट उम्मेदवारी दर्ता गराएका हुन्। लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरे पनि यस क्षेत्रमा चुनावी तालमेल हुन सकेको छैन।
सर्लाही २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले समेत उम्मेदवारी दर्ता गराएका हुन्।
54
Shares

प्रतिक्रिया