ad ad

राजनीति


मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुनलागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् ।

तनहुँको दमौलीमा मनोनयन दर्ता गराउनुअगाडि आयोजित सभालाई छोटो सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रगमनलाई लैजाने अभियान भएको बताए ।

उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन। प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि  प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो।’

पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशाको सञ्चार दिन आफूहरुले चाहेको बताए। 

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।

उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो । म त्यो भ्रष्टचारको उन्मूलन गरेर जनतामा आशा जगाउने छु। मैले यही प्रण गरेको छु।’ 

पौडेलले गाउँमा सबै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए।

उनले भने, ‘२०४८ साल मैबलको विचारी चौतारामा उभिएर बोलेको थिए । विकासलाई गाउँ गाउँमा पुर्याएर गाउँमा नै बसौँ बसौँ बनाउन चाहन्छौँ भनेका थिए । तर विकासले मात्र  गाउँमा मन फर्काउन नसकिने रहेछ। गाउँ बसौँ बसौँ बनाउन आम्दानी र रोजगारी गाउँमा नै पु¥याउन आवश्क रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .