राजनीति


एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्तासँग स्पर्धा

एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्तासँग स्पर्धा

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:५०, काठमाडौँ

नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। 

एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ। 
 
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेका तर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दाङ–१ मा कांग्रेसको पक्षमा २९ हजार ७५७, एमालेको पक्षमा २७ हजार २५, नेकपा माओवादी केन्द्रको पक्षमा १९ हजार २७६ खसेको थियो।  

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले २ हजार ३५० र नेकपा एकीकृत समाजवादीले २ हजार ३४१ र जनता समाजवादी पार्टी (जसपा) नेपालले ८०७ मत पाएको थियो। 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारले पाएको मत आधार मान्दा सत्ता गठबन्धनको पक्षमा ५१ हजार ३४७ मत देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad