ad ad

राजनीति


गृहमन्त्री खाणद्वारा रुपन्देही ३ मा उम्मेदवारी दर्ता

गृहमन्त्री खाणद्वारा रुपन्देही ३ मा उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:३७, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेका छन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन्। 

सत्ता गठबन्धनबाट रुपन्देही–३ ‘क’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सन्तोष पाण्डे र ‘ख’ मा कांग्रेसका रामचन्द्र ढकालले प्रदेशसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका छन्। 

रुपन्देही–३ मा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहरालाई समर्थन गरेको छ। 

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट ३२ हजार ८६६ मतसहित एमाले नेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। तत्कालीन राप्रपा (प्रजातान्त्रिक) बाट उठेका निकटतम् प्रतिद्वन्द्वी बोहराले २७ हजार ४२२ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .