राजनीति


प्रकाशमान सिंहले काठमाडौँ १ मा गरे उम्मेदवारी दर्ता

प्रकाशमान सिंहले काठमाडौँ १ मा गरे उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं–१ म मनोनयन पत्र दर्ता गरेका छन्। आसन्न निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उनले मनोनयन दर्ता गरेका हुन्। 

यो क्षेत्रमा नेकपा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि मनोनयन पत्र दर्ता गरेका छन्। उम्मेदवारी दर्ताका क्रममा दुवै नेताहरुका बीचमा भेट भएको छ। 

२०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि दुवै नेताबीच रोचक प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए। 

सिंह १० हजार ९३६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा मिश्रले १० हजार ११८ मत ल्याएका थिए। एमालेसँगको तालमेलमा चुनाव लडेको माओवादीका उम्मेदवार अनिलकुमार शर्माले ५ हजार ३३६ मत पाएका थिए। 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं १ मा कांग्रेसको पक्षमा ९ हजार ८९५, एमालेको पक्षमा ९ हजार ५४१, राप्रपाको पक्षमा १ हजार ३७६, र माओवादीको पक्षमा १ हजार १५९ मत आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad