ad ad

राजनीति


सर्लाही २ मा राजेन्द्र महतो र महेन्द्र रायबीच प्रतिस्पर्धा हुने

सर्लाही २ मा राजेन्द्र महतो र महेन्द्र रायबीच प्रतिस्पर्धा हुने

नेपालखबर
असोज २३, २०७९ आइतबार १२:१९, काठमाडौँ

मधेशका दुई चर्चित नेता राजेन्द्र महतो र महेन्द्र रायबीच सर्लाही २ मा प्रतिस्पर्धा हुने भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता महतो र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादवबीच संघीय निर्वाचनअन्तर्गत सर्लाही २ मा प्रतिस्पर्धा हुने भएको हो।

राय र महतो दुवै निवर्तमान सांसद हुन्। राय सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्न लागेका हुन् भने महतो एमालेको समर्थनमा उम्मेदवार बन्न लागेका हुन्। राय र महतो दुवै सर्लाही निवासी हुन्।

महतो २०७४ सालमा निर्वाचित भएको धनुषा क्षेत्र नं. ३ छाडेर आफ्नै गृह जिल्लाबाट उम्मेदवार बन्न लागेका हुन्। उनले धनुषा ३ पार्टीका नेता अनिल झालाई छाडेका छन्। 

महतोको घर सर्लाही क्षेत्र नं. १ को चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा पर्छ। राय भने सर्लाही २ कै हरिपूर्वा नगरपालिकाका स्थायी बासिन्दा हुन्।

उनले माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .