ad ad

राजनीति


प्रतिनिधिसभामा जान मुख्यन्यायधिवक्ता छाडेका झाले पाए प्रदेशको टिकट

जसपाले महोत्तरी ३ मा हरिनारायणलाई दियो टिकट
प्रतिनिधिसभामा जान मुख्यन्यायधिवक्ता छाडेका झाले पाए प्रदेशको टिकट

नेपालखबर
असोज २२, २०७९ शनिबार १८:१७, जनकपुरधाम

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३बाट प्रतिनिधिसभामा लड्नका लागि मधेश प्रदेशको मुख्यन्यायधिवक्ताबाट राजीनामा दिएका दीपेन्द्र झाले प्रदेशसभाको टिकट पाएका छन्। 

जनता समाजवादी पार्टी (जसपा)बाट महोत्तरी क्षेत्र नम्बर ३ मा झा र पूर्वमन्त्री हरिनारायण यादवले आकांक्षा देखाएका थिए। यस्तोमा प्रतिनिधिसभाको टिकट यादवले पाएका छन्।   

नेपाली कांग्रेसमा रहेर लामो राजनीति गरेका पूर्वमन्त्री यादव २०६२/०६३ सालमा भएको पहिलो मधेश आन्दोलनको समयमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए। 

महोत्तरी ३ मा एमालेबाट रामदयाल मण्डलसमेत चुनाव लड्ने तयारी गरेका थिए। यद्यपि एमाले र जसपाबीच गठबन्धन भएपछि त्यो क्षेत्रमा जसपाका उम्मेदवार यादवलाई सघाउनु पर्ने भएको छ। 

मधेश प्रदेशको मुख्यन्यायधिवक्ता पदबाट राजीनामा दिएका झालाई भने जसपाले प्रदेशमा व्यवस्थापन गरेको छ। 

उनी अब महोत्तरी ३ (क)बाट प्रदेशसभाको उम्मेदवार बन्ने जसपा श्रोतले जनाएको छ।

महोत्तरी ३ मा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर उठ्ने करिब निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .