ad ad

राजनीति


माओवादी छाडेका चौताराका पूर्वमेयर तामाङलाई एमालेले दियो प्रदेशको टिकट

माओवादी छाडेका चौताराका पूर्वमेयर तामाङलाई एमालेले दियो प्रदेशको टिकट

नेपालखबर
असोज २१, २०७९ शुक्रबार १९:९, काठमाडौँ

गत ६ भदौमा एमाले प्रवेश गरेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङले टिकट पाएका छन्। 

उनलाई एमाालेले जिल्लाको क्षेत्र नम्बर २ (क) को उम्मेदवार बनाएको छ। उनी माओवादीमा रहँदा पार्टीको केन्द्रीय सदस्य थिए। 

तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।

पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गरेका थिए। 

तामाङ गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बन्ने चाहना राखेका थिए।

तर, पार्टीले सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि तामाङ असन्तुष्ट भएका थिए। 

उनले स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराएका थिए।

अन्तिम समयसम्म पनि उम्मेदवारी फिर्ता नलिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै उनलाई फोन गर्न परेको थियो। अध्यक्ष प्रचण्डको फोनपछि आफूले उम्मेदवारी फिर्ता लिएको तामाङले बताएका थिए। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .