राजनीति


‘नेपालमा परीक्षण गर्न ल्याइन्छ खोप र औषधि’

‘नेपालमा परीक्षण गर्न ल्याइन्छ खोप र औषधि’

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ८:५६,

सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधि तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन्। 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधि र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताए। त्यस्तै उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पु¥याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सही काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताएका छन्।

समितिका सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधिहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन्। उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन्।

छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको बताएका छन्। उनीहरुले अन्य मूलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad