नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको अध्यक्षतामा पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु भएको छ। नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्न लागेको हो । यसअघिको बैठक गतवर्ष मंसिर २९ गते बसेको थियो।
आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तय गरेका एजेन्डामा छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए।
सचिवालयले राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल भारत सीमा समस्या लगायतका विषयमा स्थायी समितिमा छलफल गर्ने तय गरेको थियो।

प्रतिक्रिया