राजनीति


प्रत्यक्षतर्फका उम्मेदवार छान्न थाल्ने कांग्रेसको निर्णय

समानुपातिकतर्फ केही नाम हेरफेर गरेर सूची बुझाइयो
प्रत्यक्षतर्फका उम्मेदवार छान्न थाल्ने कांग्रेसको निर्णय

फाइल तस्बिर


नेपालखबर
असोज १७ , काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा संसदीय समिति एवम् कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम सभापतिले नेतृत्व पङ्क्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समानुपातिकमा एकलौटी निर्णय गरेको भन्दै नेता शेखर कोइराला पक्षले विद्रोहसम्मको चेतावनी दिएपछि सभापति देउवाले केही नाम हेरफेर गरेर समानुपातिकको अन्तिम सूची टुंगो गरेका हुन्।

सोमबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए। 

बैठकले सर्वसम्मतिले पारित गरेको प्रस्तावमा उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस,व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रको योगदान, लोकप्रियता एवम् आगामी दिनको सम्भावनासमेतलाई आधार बनाइने निर्णय गरेको छ। 

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने निर्णय पनि कांग्रेसले गरेको छ। 

यसअघि कारबाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गर्ने पनि कांग्रेस कार्यसम्पादन समितिको निर्णय छ।

स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लङ्घन गरेका र कारवाही प्रक्रियामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मङ्सिर ४ गतेको निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन पनि बैठकले अपील गरेको छ।

बैठकले विजया दशमीलगायत सबै चाडपर्वको अवसरमा नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले शुभकामना व्यक्त गरेको छ।
 
निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपङ्क्ति सम्पूर्णरूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित हुने निर्णय पनि बैठकले गरेको मुख्यसचिव पौडेलले बताए।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्ने पनि जनाइएको छ।

असोज १७, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad