ad ad

राजनीति


कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले भन्यो : मंसिरको चुनाव जिताउन लाग्नू

कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले भन्यो : मंसिरको चुनाव जिताउन लाग्नू

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०७९ सोमबार २०:३१, काठमाडौँ

प्रमुख सत्तारु नेपाली कांग्रेसले यसअघि अनुशासन उलंघन गरेका र कारवाहीको प्रक्रियामा रहेका कार्यकर्तालाई मंसिर ४ मा हुने चुनावी अभियानमा होमिन अपिल गरेको छ। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले उक्त अपिल गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

'स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ', पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय यो बैठक गर्दछ।'

कांग्रेसले विगतमा गरेको गल्तीका आधारमा गरिएको कारवाहीलाई मंसिरमा हुने चुनावका खटिएको आधारमा फुकुवा गर्न सकिने पनि उल्लेख गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .