ad ad

राजनीति


प्रचण्डका सचिवले भने– संघ र प्रदेशको सिट बाँडफाँट टुंगो लाग्यो

प्रचण्डका सचिवले भने– संघ र प्रदेशको सिट बाँडफाँट टुंगो लाग्यो

नेपालखबर
असोज १३, २०७९ बिहिबार २२:३७, काठमाडौँ

कांग्रेसले ल्याएको पछिल्लो प्रस्तावले सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन कठिन भइरहेको खबरहरू आइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सहमति नै भैसकेको बताएका छन्। 

‘लामो गृहकार्य र बैठकपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ’, मल्लले बिहीबार राति भने।   

केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबी शीर्ष नेतृत्वबीच आपसी समझदारीमा छिट्टै टुंगो लगाइने बताइएको छ।

‘वाम–लोकतान्त्रिक गठबन्धनका सबै नेता कार्यकर्ता एकतावद्ध भै निर्वाचन अभियानमा सामेल बनौं’ भन्दै मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमनलाई परास्त गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .