राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमा आज (आइतबार) सुनुवाइ हुने भएको छ। संघीय संसदबाट पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरु आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो।
राष्ट्रपति भण्डारीविरुद्ध अदालतमा पाँच वटा मुद्दा परेका हुन्। उक्त रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ।
राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन्।
असोज ९, २०७९, आइतबार
प्रतिक्रिया