ad ad

राजनीति


राप्रपाकी केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

राप्रपाकी केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

नेपालखबर
असोज ७, २०७९ शुक्रबार २१:२०, काठमाडौँ

राप्रपाकी निर्वाचित केन्द्रीय सदस्य तथा निवर्तमान बागमती प्रदेश सभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छिन्। शुक्रबार बागमती गाउँपालिका ३ मा आयोजित कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले उनलाई पार्टी प्रवेश गराए।

सो अवसरमा थापाले अब कोही पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा बताए। 

मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याइ छ। 
उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए।

हेटौंडा–काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए।

कार्यक्रममा बोल्दै प्रदेश सांसद रिता माझिले इमानदारी, निष्ठा र कर्तव्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन्। उनले कमल थापा विचार र पार्टीको जन्मदाता भएकोले उनीसँग काम गर्दा गौरवको अनुभूति हुने समेत विचार व्यक्त गरिन्।

कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिति राप्रपा नेपालमा समाहित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .