ad ad

राजनीति


कसैलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

कसैलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १४:५०, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसदबाट पारित भएर आएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले यस्तो बताएका हुन्। 

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्,’ पुनले वक्तव्य जारी गरेर भनेका छन्, ‘यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो। संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन।’

संविधान दिवसमा गरेको प्रतिवद्धतालाई स्मरण गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षसँग आग्रह गरेका छन्।

संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ।’

भीमार्जुनको नजरमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने दुई कारण

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामै प्रहार गरिन् : पौडेल

नागरिकता विधेयक : अबका तीन विकल्प

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र : वर्षमान पुन

राष्ट्रपतिको कदमबारे एमालेमा अलमल, प्रवक्ता भन्छन्– माथि सोध्न बाँकी छ

सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिबाट संसदको घोर अपमान भयो (विज्ञप्तिसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .