ad ad

कारोबार


यती एअरलाइन्सको २४ वर्ष पूरा, ४० भन्दा धेरै विमानबाट दियो सेवा

यती एअरलाइन्सको २४ वर्ष पूरा, ४० भन्दा धेरै विमानबाट दियो सेवा

नेपालखबर
असोज ५, २०७९ बुधबार १४:५४, काठमाडौँ

वायुसेवा कम्पनी यती एअरलाइन्सको हवाइ यात्रा २४ वर्ष पूरा भएको छ। 

तत्कालीन हवाइ विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भए पनि २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यती एअरलाइन्सले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ। 

नेपालमा हवाइसेवाको विकासमा महत्त्वपूर्ण योगदान रहेको यस एअरलाइन्सको उडान सुरुमा २ वटा ट्विनअटर वायुयानबाट भएको थियो। 

२४ वर्षे यात्राको दौरानमा यो एअरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ।

यो यात्रामा डीएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई१२, इएमबी११०, ईएमबी१२०,साब३४० बि, जेटस्ट्रीम जे४१, डीएचसी६ ४०० ट्विनअटर तथा एटीआर७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ। 

हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एअरले नेपालमा हवाइसेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ।

यस  एअरका प्राविधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा सञ्चालित सम्पूर्ण एअरलाईन्समा कार्यरत रहेको यती एअरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। 

उनका अनुसार यतीको २४ वर्षे यात्रा लगनशील तथा इमानदार कर्मचारी तथा लगानीकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो। 

उनले संस्थापक प्रबन्धनिर्देशक स्व. आङ छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको बताए। १ वर्षको अवधिमा ५ वटा विमानमार्फत यस एअरलाइन्सले १५ हजार ९२५ उडानमार्फत १० लाख ५ हजार छ सय ७७ यात्रुहरुलाई सेवा दिएको छ। 

२७ हजार ६६३ विदेशी पर्यटकलाई सेवा दिएको छ साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरिएर बोकेको कम्पनीले जनाएको छ। 

यो अवधिमा यतीको विमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एअरलाइन्सले जानकारी दिएको छ।

हालै एउटा विमान थपेको यतीसँग हाल ६ वटा एटीआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .