निर्वाचन आयोगमा सोमबार प्रतिनिधिसभा समानुपातिकतर्फ २७ दलले बन्दसूची बुझाएका छन्।
सोमबार राति १० बजेसम्मको तथ्यांक अनुसार समानुपातिकको बन्दसूची बुझाउने दलको संख्या २७ पुगेको आयोगले जनाएको छ।
हेर्नुहोस् सूची–
यस्तै प्रदेशतर्फ समानुपातिकका लागि ९७ दलले बन्दसूची बुझाएका छन्।
सबैभन्दा बढी बागमती प्रदेशमा २० दलले बन्दसूची बुझाएका छन्।
त्यसपछि प्रदेश १ र मधेस प्रदेशमा समान १६ दलले बन्दसूची बुझाएका छन्।
यसैगरी सुदूरपश्चिम प्रदेशमा १३ र कर्णाली प्रदेशमा १० दलले बन्दसूची बुझाएका छन्।
यस्तै गण्डकी र लुम्बिनीमा समान ११ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ।
63
Shares
प्रतिक्रिया