जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन तर्फ संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती शुशिला श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
सोमबार जसपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचिमा श्रेष्ठको नाम जनजाती क्लष्टरको १ नम्बरमा समावेश छ।
यस्तै कार्यलयका सचिव प्रकाश अधिकारी पनि खस आर्य समूहबाट समानुपातिक तर्फको बन्द सूचिमा समेटिएका छन्। जसपाका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार आदिवासी जनजाती क्लष्टरबाट रणध्वज कन्दवाको नाम एक नम्बरमा परेको छ ।
कार्यकारिणी सदस्यहरुमध्ये शिवलाल थापा, युवराज कार्की पनि समानुपातिक उम्मेदवार सूचीमा परेका छन्।
यस्तै रेखा यादव थापा मधेस क्लष्टरबाट समानुपातिक उम्मेदवार बनेकी एक नेताले बताए ।
जसपाका कार्यकारिणी सदस्य रहेका मनिषकुमार सुमन भने मधेस प्रदेश सभाको समानुपातिक सांसदका लागि सिफारिसमा परेका छन्।
जसपाले प्रतिनिधि सभाको समानुपातिक प्रणालीका लागि ११० र प्रदेश सभा समानुपातिकका लागि २२० उम्मेदवारको सूची बुझाएको जनाएको छ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै बन्द सूचस् बुझाउन निर्वाचन आयोग कान्तिपथ पुगेका थिए।
Shares
प्रतिक्रिया