ad ad

राजनीति


आफ्नो क्षेत्र राजेन्द्र पाण्डेलाई छाडेर समानुपातिकमा बसे एकीकृत समाजवादीका तुलाधर

आफ्नो क्षेत्र राजेन्द्र पाण्डेलाई छाडेर समानुपातिकमा बसे एकीकृत समाजवादीका तुलाधर

नेपालखबर
असोज ३, २०७९ सोमबार १५:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधर समानुपातिकतर्फ बन्दसूचीमा समावेश भएका छन्। 

धादिङ १ का तुलाधरले यसपटक समानुपातिक रोजेका हुन् ।

पार्टी उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई प्रतिनिधिसभाअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ छोडेर तुलाधर समानुपातिकमा बसेका हुन्।

एकीकृत समाजवादीले प्रतिनिधि सभाको समानुपातिक तर्फ ११० र प्रदेश सभातर्फको २२० उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएको छ ।

तुलाधरले आफू यसपटक समानुपातिकमा बसेको नेपालखबरलाई बताए।

‘मैले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई धादिङ क्षेत्र नम्बर १ छोडेर समानुपातिक बसेको छु,’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .