अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको पहिलो चरणको व्यापारिक सम्झौतालाई अन्तिम रुप दिएका छन्।
चीनले अमेरिकी कृषि उत्पादन किन्ने र त्यसको बदलामा अमेरिकाले चिनियाँ सामग्रीमाथि लगाइएको कर घटाउने तथा थप कर घोषणा नगर्ने सहमति भएको जनाइएको छ।
अक्टोबर महिनादेखि नै दुवै पक्ष यो सम्झौताका सर्त तय गर्न व्यस्त थिए।
सम्झौताअनुसार अमेरिकाले चिनियाँ सामग्रीमा डिसेम्बर १५ देखि १६० अर्ब डलरको कर लगाउने घोषणा स्थगित भएको छ।
यससँगै चर्किंदै गएको अमेरिका–चीन व्यापार युद्ध थामिने संकेत देखिएको विज्ञहरुले बताएका छन्। एजेन्सी

प्रतिक्रिया