कारोबार


नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्न ६० जनाको समूह चीन जाँदै

नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्न ६० जनाको समूह चीन जाँदै

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ९:९,

होटल संघ नेपाल (हान) ले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न ६० जनाको जम्बो टोली चीन पठाउने भएको छ।

चीनको चेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा यही मंसिर ३० देखि नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिन लागेको हानले जनाएको छ। २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ आयोजना गरिएको नेपाल भ्रमण वर्षलाई चीनमा हुने पाँच दिने प्रवर्द्धनात्मक कार्यक्रमले मद्दत पुग्ने हानले जनाएको छ। कार्यक्रममा नेपाली राजदुत लिलामणी पौड्याल उपस्थित हुनेछन्।

 होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा ६० सदस्यीय प्रतिनिधिमण्डल यही डिसेम्बर १६ मा चीनको चेन्दु प्रस्थान गर्ने कार्यक्रम रहेको छ। हालै नेपाल भ्रमण गरेका चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुने विश्वास गर्दै यस कार्यक्रमबाट अझ यसलाई व्यापक बनाउन सकिने हेतु त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने हानले जनाएको छ।

सोही अवसरमा होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा चेन्दुस्थित होटल जिनजियाङमा आयोजना गरिनेछ। प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीति अनुसार यस वर्ष चीनमा आयोजना गरिने भएको हो।

होटल संघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई थप सशक्त बनाउन पर्यटकहरुको आकर्षणका लागि भ्रमण वर्षभरिका लागि यसअघि नै विशेष योजना अन्तर्गत आवास र खानामा छुट दिइसकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad