राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने भएको छ।
राप्रपाले पदाधिकारी र संसदीय समितिको बैठकबाट उम्मेदवारबारे छलफल गरेर सोमबार बन्दसूची बुझाउने भएको हो।
समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार चयनका लागि आइतबार राप्रापा पदाधिकारी र संसदीय समितिको संयुक्त बैठक बस्दैछ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बेलुकी ५ बजे बस्ने बैठकबाट उम्मेदवारको छलफल गरिने भएकाे हाे।
‘आज बेलुकी ५ बजे पदाधिकारी र संसदीय समितिको संयुक्त बैठक बस्दैछ,’ उनले नेपालखबरसँग भने, ‘त्यहाँ उम्मेदवारहरुका बारेमा छलफल हुन्छ। टुंगो नलागे भोलि (सोमबार) फेरि छलफल हुन्छ। भोलि नै बन्दसूची बुझाउँछौ।’
आयोगले राजनीतिक दलहरुलाई आइतबार र सोमबार गरी दुई दिन समानुपातिक निर्वाचान प्रणालीतर्फको बन्दसूची बुझाउन भनेको छ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा गरिएको व्यवस्था बमोजिम दलहरुले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ बढीमा ११० र कम्तीमा ११ जना उम्मेदवारको नाम सूचीकृत गरेर आयोगसमक्ष बुझाउनुपर्दछ।
दलहरुले बन्दसूची तयार पार्दा दलित, आदिवासी जनजाति, खस आर्य, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने हुन्छ।
उम्मेदवारको बन्दसूची तयार गर्दा दलले समावेशी सिद्धान्तअनुसार तयार गर्नु पर्ने निर्देशिकामा उल्लेख छ।
Shares

प्रतिक्रिया