कारोबार


आईएमई मोटर्सको लोन मेला २ देखि ७ गतेसम्म, कुन ठाउँमा कहिले?

आईएमई मोटर्सको लोन मेला २ देखि ७ गतेसम्म, कुन ठाउँमा कहिले?

नेपालखबर
असोज २, २०७९ आइतबार १३:१५, काठमाडौँ

 आइएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ।

काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपूर फाइदा ग्राहकहरूले लिन सक्नेछन्। 

ग्राहक लक्षित अफरसहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ। 

साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ। नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिनेछ। 

मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्यज्दरमा अधिकतम फाइनान्स सुबिधासहित स्थलगत निर्णय गरिन्छ ।

रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जनामा ग्रुपले पहल गर्दै आएको छ। 

आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad