राजनीति


एमाले सचिवालय बैठक आज पनि

एमाले सचिवालय बैठक आज पनि

फाइल तस्बिर


नेपालखबर
असोज २, २०७९ आइतबार ६:३६, काठमाडौँ

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) पनि बस्ने भएको छ। 

यसअघि हिजो शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले सचिवालय बैठक बसेको थियो। 

उक्त बैठकले समानुपातिकतर्फ उम्मेदवारको नामावली आज बस्ने बैठकले निर्णय गर्ने तय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए। 

बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले बताए। 

बाढीपहिराका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उनले जानकारी दिए। 

बैठकले पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ। एमाले सचिवालय बैठक आज बिहान ११ बजे पुनः बस्ने गुरुङले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .