राजनीति


पाँच वर्षमा संसदबाट गरेका कामको इतिहासले मूल्यांकन गर्नेछ : डिला संग्रौला

पाँच वर्षमा संसदबाट गरेका कामको इतिहासले मूल्यांकन गर्नेछ : डिला संग्रौला

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १२:३८, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले विगत पाँच वर्षमा सांसदहरुले सदनमार्फत उजागर गरेका कामको इतिहासले मूल्यांकन गर्ने बताएकी छन्। 

प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले सदनमार्फत उजागर गरेका कामको इतिहासले मूल्यांकन गर्ने बताएकी हुन्। 

‘गएको पाँच वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाई हामीले कुन हदसम्म यो सदनमार्फत् उजागर गर्न सक्यौं, इतिहासले त्यसको अवश्य मूल्यांकन गर्ने नै छ,’ संग्रौलाले भनिन्।  

सदन सम्बोधनका क्रममा उनले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पत्रकारबीच भएको कुराकानी पनि स्मरण गरिन्। 

‘म यस बेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झन चाहन्छु।  एक जना पत्रकारले एक पटक उहाँलाई सोधे, तपाईं आफुलाई नेपाली जनताले कसरी सम्झुन् भन्ने चाहनु हुन्छरु,’ संग्रौलाले भनिन्, ‘बीपीले भन्नुभयो– मैले जनताको घाँटीमा अड्केर बसेको कुरालाई सार्वजनिक गर्ने प्रयास गरें, त्यसै रुपमा मलाई सम्झनु भए हुन्छ।’ 

प्रतिनिधिसभालाई समय अगावै भंग गर्ने प्रयासहरु गरिए पनि संवैधानिक ‘चेक एन्ड ब्यालेन्स’को पद्धतिका कारण प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको उनको भनाइ थियो। 

‘मैले कैयौं कुरा सिक्ने मौका पाएँ, जनताका दैनिक सवालहरु उठाउने मौका पाएँ, जुनसुकै दल र विचारधाराका भए पनि धेरै मित्रहरु बनाएँ,’ उनले भनिन्, ‘अलि दुःख पनि लाग्छ, सम्झेर ल्याउँदा दुई, दुई पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभालाई समय अगावै भंग गर्ने प्रयासहरु पनि गरियो, तर संवैधानिक चेक एन्ड ब्यालेन्सको पद्धतिले गर्दा प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .