राजनीति


स्थानीय तहमा उम्मेदवारी दिएकाले प्रदेश र प्रतिनिधि सभामा उठ्न नपाउने

स्थानीय तहमा उम्मेदवारी दिएकाले प्रदेश र प्रतिनिधि सभामा उठ्न नपाउने

नेपालखबर
भदौ २९, २०७९ बुधबार १९:४७, काठमाडौँ

नेपाली कांग्रेसले स्थानीय तहमा उम्मेदवार बनेकालाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार हुनबाट रोक लगाएको छ। 

बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने’ निर्णय गरेको हो। 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि विभिन्न आधार र मापदण्डसमेत तय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .