नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन्। त्यसअघि बिहान उनी भक्तपुर घुम्न जाने कार्यक्रम छ।
बिहान साढे ९ बजे उनी भक्तपुर जाने र फर्केर आएपछि दिउँसो ४ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतलिका छ।
गत सोमबार टोलीसहित काठमाडौंमा आइपुगेका अध्यक्ष लीले मंगलबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतसँग भेटवार्ता गरिसकेका छन्।
आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेसँगै चिनियाँ नेता लीको औपचारिक भेटवार्ता सकिनेछ। नेपालको चारदिने भ्रमण सकेर अध्यक्ष ली भोलि (भदौ ३० गते) स्वदेश (बेइजिङ) प्रस्थान गर्नेछन।
प्रधानमन्त्री देउवा र चिनियाँ नेता लीबीच सिंहदरबारमा भेटवार्ता
Shares

प्रतिक्रिया