राजनीति


चिनियाँ नेता लीसँग प्रचण्डको आग्रह : व्यापार घाटा कम गराउन पहल गरियोस्

चिनियाँ नेता लीसँग प्रचण्डको आग्रह : व्यापार घाटा कम गराउन पहल गरियोस्

तस्बिर : प्रचण्डकाे सचिवालय


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १३:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुसँग नेपालको व्यापार घाटा कम गराउन पहल गर्न आग्रह गरेका छन्।

मंगलबार नयाँ बानेश्वरमा भएको भेटमा अध्यक्ष प्रचण्डले चीनसँग बढ्दै गएको व्यापार घाटा सन्तुलनमा ल्याउन सहयोग गर्नुपर्ने बताएका हुन्।

‘चीनसँगको नेपालको व्यापार घाटा फराकिलो बन्दै गयो,’ चाङ्सुसँग प्चण्डले राखेको भनाई उधृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले नेपालखबरसँग भने, ‘यसलाई सन्तुलनमा ल्याउन चिनियाँ सरकारले ठूलो छाती गराउनुपर्छ, उदार भइदिनुपर्छ।’

जवाफमा चाङ्सुले चीन सरकारलाई यसबारेमा भनेर सम्बोधन गर्ने प्रतिवद्धता जनाए। 

‘हामी जोड दिएर सरकारलाई भन्ने छौं, नेपालमा देखिएको यो समस्या समाधान गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराएर सम्बोधन गराउँछौं’ चाङ्सुले भने।

गत आर्थिक वर्षमा नेपालको चीनसँगको व्यापार घाटा २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँ छ। 

नेपालबाट बस्तु निर्यात जम्मा ८० करोड ८७ लाख रुपैयाँ बराबरको मात्र भएको छ भने बस्तु आयात २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ बराबरको भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .