ad ad

राजनीति


दशैंअघि रसुवा र तातोपानी नाका खोल्न पहल गर्ने चाङ्सुको प्रतिबद्धता

दशैंअघि रसुवा र तातोपानी नाका खोल्न पहल गर्ने चाङ्सुको प्रतिबद्धता

तस्बिर : संसद सचिवालय


नेपालखबर
भदौ २८, २०७९ मंगलबार ११:४४, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले रसुवा र तातोपानी नाका दशैं अघि खुलाउन चिनियाँ नेता चाङ्सु लीसँग आग्रह गरेका छन्। 

मंगलबार बिहान संघीय संसद भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष तिमल्सिनाले सो कुरा आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

तिमल्सिनाको आग्रहमा नेता लीले छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको तिमल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए। 

त्यस्तै, बीआरआई लगायतका बुहपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिइएको उनले बताए। साथै, कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरिएको उनले जानकारी दिए।

साथै, एक चीन नीतिमा प्रतिबद्ध रहेको उनले भेटका क्रममा बताएका थिए।

भेटमा नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डल सहभागी भएको थियो। 

सांसदहरु देवेन्द्र दाहाल, गोपी बहादुर सार्की अछामी, रमेशजंग रायमाझी, वेदुराम भुषाल, प्रमिला कुमारी, शेखर कुमार सिंह, तुल प्रसाद विश्वकर्मा, डा. विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, परराष्ट्र सचिव लगायतका पदाधिकारी सहभागी भएका थिए। 

दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको विचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो।

आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो।  राष्ट्रिय सभाका सम्माननीय अध्यक्षले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समजदारीहरुको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौं देखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको र चिन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकोले नेपालको सम्बृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका थिए। 

विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुंग–काठमाडौं) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनः संचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न सम्माननीय अध्यक्षले अनुरोध गर्नु भयो भने चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले समर्थन गर्दै छिट्टै पुरा गर्ने आश्वाशन दिएका थिए।

तिमल्सिनासँगको भेटपछि लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट हुने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .