ad ad

राजनीति


मतदाता नामावली सार्वजनिक भदौ ३१ गते

मतदाता नामावली सार्वजनिक भदौ ३१ गते

नेपालखबर
भदौ २७, २०७९ सोमबार २१:१, काठमाडौँ

निर्वाचन आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको बताएका हुन्।

सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए।

आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरितका गतिविधिहरु हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको जानकारी दिए। 

उनले भने, ‘निर्वाचनमा दल र उम्मेदवारबाट हुन सक्ने अपारदर्शी, आचारसंहिता र कानुन विपरितका खर्चहरू छन्। त्यसको नियमन हाम्रो प्रक्रियाबाट गर्छौं त भनिहाले मैले। सुक्ष्म अनुगमन गर्छौं भनेको छौं। केही विवरणहरू हामीले लिएकै छौं। तैपनि दलहरु र उम्मेदवारहरूले नै स्पष्ट भइदिए हामीलाई अनुमगन गर्ने झन्झट नै हुँदैन थियो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .