ad ad

समाज


राष्ट्रपति भण्डारीबाट भरतबन्धुको ‘नेपाल इन इमिजेज’ पुस्तक सार्वजनिक

राष्ट्रपति भण्डारीबाट भरतबन्धुको ‘नेपाल इन इमिजेज’ पुस्तक सार्वजनिक

नेपालखबर
भदौ २७, २०७९ सोमबार २१:१६, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको ‘नेपाल इन इमिजेज’ तस्बिर पुस्तक सार्वजनिक गरेकी छन्।

पुस्तक सार्वजनिक गदै राष्ट्रपति भण्डारीले पुस्तकले देशभित्र तथा विदेशमा नेपाली कला संस्कृति तथा नेपालको भौगोलिक सुन्दरताको विषयमा जानकारी दिने बताइन्। 

उनले भनिन्, ‘यस पुस्तकले नेपालको पर्यटन तथा संस्कृतिलाई स्वदेश तथा विदेशमाझ पुर्याउन मद्दत गर्ने मैले विश्वास लिएको छु।’
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सो पुस्तक नेपाल चिनाउने आँखीझ्याल भएको बताए। 

 
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका सातै प्रदेशको भौगोलिक सुन्दरता तथा त्यहाँको बस्तुस्थिती यस किताबमा समेटिएको बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानले  प्रकाशन गरेको भरतबन्धुको ‘नेपाल इन इमिजेज’ फोटो पुस्तकमा सिंगो नेपाललाई तस्बिरमा हेर्न सकिन्छ।

नेपालको सुदूरपूर्वदेखि ओलाङचुङ गोला हुँदै सुदूरपश्चिमको कालापानीसम्म र उत्तरमा सगरमाथा देखि दक्षिणमा जानकी मन्दिरसम्मका तस्बिहरु समावेश गरिएको छ। यस्तै, हिमाल, पहाड, तराई र उपत्यकाका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई पुस्तकमा रहेको छ । 

नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने  ५ सयभन्दा बढी रंगीन तस्बिरहरू पुस्तकमा समेटिएको लेखक भरतबन्धुले बताए।

सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रत्येक प्रदेशको परिचयसहित प्रदेशलाई चिनाउने धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक विषयवस्तुको जानकारी सहित तस्बिरहरु समावेश गरिएको छ । 

‘एउटै कृतिमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ भन्ने हेतुले यो पुस्तक तयार गरीएको लेखक तथा फोटोग्राफर थापाले बताए। 

हार्ड कमभरमा रहेको ३ सय ३० पृष्ठको सो पुस्तकको मूल्य २ हजार ३९५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .