राजनीति


कांग्रेसको महाधिवेशन तत्काल गर्न थापा र पौडेलको माग

कांग्रेसको महाधिवेशन तत्काल गर्न थापा र पौडेलको माग

नेपालखबर
असार ९, २०७६ सोमबार १४:३०,

नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औँ महाधिवेशन नभए कांग्रेसले ठुलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाईने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरेका हुन्। उनले महाधिवेशन नगरि फेरि पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठुलो घाटा व्यहोर्नुपर्ने दाबी गरे।

उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउदैनौँ। म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुँदैछ। त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने। अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाडौंमा बसेर छान्ने। भागवण्डा गरेर बनाउने। यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुँदैन। यो पार्टीका निम्ति प्रत्युत्पादक छ। यो गर्न पाईंदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन। वरिष्ठ नेतालाई पनि छैन।’

नेता थापाले सम्पुर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भएपनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे। उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिले सम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे। उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिष्ठ सरकारका गलत हरकतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे।

उनले सरकारका गलत कार्यविरुद्ध सडकको तागतलाई सदनसंग एकाकार गर्नका लागि बैचारिक दृष्टिले पनि कांग्रेस स्पष्ट हुनु आवश्यक रहेको बताए।

अर्का नेता प्रदीप पौडेलले कमिसनलाई बैधता दिने, वाईडवडी विमान प्रकरण, बालुवाटार जग्गा र टुँडिखेल लगायत विरुद्ध कांग्रेसले सदनमा सशक्त आवाज उठाउन नसकेको टिप्पणी गरे। जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई सदनमा शसक्त ढंगले उठाउन सक्ने हो भने नेपाली जनताले सडकमै उठेर कांग्रेसलाई समर्थन गर्ने दाबी गरे।

नेता कृष्ण प्रसाद सिटौला पक्षले सोमबार राजधानीमा समसामयिक राजनितिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका विषय अन्र्तगरक्रिया गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad