राजनीति


आजैबाट अनशन बस्न धनगढी प्रस्थान गरे डा. गोविन्द केसी

आजैबाट अनशन बस्न धनगढी प्रस्थान गरे डा. गोविन्द केसी

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १२:१४, काठमाडौँ

डा. गोविन्द केसी आजबाट पुनः अनशनमा बस्ने भएका छन्। अनशन बस्नका लागि केसी धनगढी प्रस्थान गरेको उनका सहयोग प्रितम सुवेदीले जानकारी दिए। 

यसअघि भएको माग सम्बोधन नभएको भन्दै केसी पुनः अनशन बस्न लागेका हुन्।

क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने लगायतका उनका मागहरु रहेका छन्।

केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनशनको घोषणा गरेका थिए।

उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनशन सुरु गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad