राजनीति


अस्ट्रेलिायाका लागि नेपालका राजदूत पोखरेलले मेलबर्न भ्रमण गरे

अस्ट्रेलिायाका लागि नेपालका राजदूत पोखरेलले मेलबर्न भ्रमण गरे

नेपालखबर
भदौ २७, २०७९ सोमबार १२:१५, काठमाडौँ

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले त्यहाँको भिक्टोरिया राज्यको राजधानी मेलबर्न भ्रमण गरेका छन्।गत बिहीबार त्यहाँ पुगेका उनले त्यहाँ भ्रमणसँगै विभिन्न भेटवार्ता पनि गरेका छन्। 

उनले पुगेकै दिन त्यहाँ भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री रोस स्पेन्ससँग भेटवार्ता गरे। जमास भिक्टोरिया राज्यका अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन पनि सहभागी थिए।

सोही दिन राजदूत पोखरेल भिक्टोरिया महावाणिज्यदूतावासको कार्यलयमा आयोजित नेपाली समुदायसँग छलफलमा सहभागी भए। यस क्रममा नेपाली समुदायले उनीसमक्ष नेपालमा सुरक्षित लगानीको वातावरण बनाउन आग्रह गरे। 

यस्तै शुक्रबार राजदूत पोखरेलले मेयर सीआर मार्कको संयोजनमा ग्लेन्रोएको पुस्तकालय भ्रमण गरे, जहाँ नेपाली पुस्तक र संस्कृतिलाई पनि स्थान दिइएको छ। 

यसलगत्तै राजदूत पोखरेलले भिक्टोरिया बहुसांस्कृतिक आयोगका अध्यक्ष भिभ नुगेनसँग भेटवार्ता गरे। 

शनिबार राजदूत पोखरेल एनआरएनको आयोजनामा भएको नेपाल फेस्टिभलमा प्रमुख आतिथिका रूपमा सहभागी भए। 

सोही दिन उनले बेलायतकी महारानी एलिजाबेथ द्वितियको निधनप्रति दुःख व्यक्त गर्दै मेलबर्नस्थित भिक्टोरियाको संसदमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरे। 

यारा उपत्यकालगायत मेलबर्नका केही एतिहासिक स्थलको भ्रमण सकेर राजदूत पोखरेल आइतबार क्यानबेरा गएका छन्।

अस्ट्रेलिायाका लागि नेपालका राजदूत पोखरेलले मेलबर्न भ्रमणका क्रममा गरेका भेटवार्ताका केही तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad