ad ad

राजनीति


३ सय भारतीय सैनिक अधिकृत र जवान नेपालमा सैन्य अभ्यास गर्दै

३ सय भारतीय सैनिक अधिकृत र जवान नेपालमा सैन्य अभ्यास गर्दै

दीपक खरेल
मंसिर २६, २०७६ बिहिबार १२:२१,

प्रतिबिद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी रुपन्देहीमा जारी नेपाल–भारत संयुक्त सैन्य अभ्यासको १४औं श्रृखलामा यसपटक भारतीय स्थल सेनाका ३ सय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन्।

एक्स सूर्यकिरण नाम दिइएको सो संयुक्त सैन्यअभ्यास को १४औं श्रृखलामा नेपाली सेनाका तर्फबाट पनि सोही सख्यामा सैन्य अधिकारी सहभागी छन्।

सैनिक ब्याटल स्कूल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि जारी संयुक्त सैन्य अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी सिताराम खड्काले शुभारम्भ गरेका थिए। एक्स सूर्यकिरण प्रतिविद्रोह तथा जंगल वारफेयर, प्राकृतिक विपत्ती र प्रतिआतंकबादमा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन हुने सैन्य अभ्यास हो।

military exercise 1

नेपाल र भारतमा वर्षेनी आलोपालो गरि सञ्चालन भइरहेको अभ्यास अघिल्लो वर्ष भारतमा गरिएको थियो। त्यसमा पहिलोपटक ९ जना महिला अधिकृत र जवानको सहभागिता थियो। नेपालमा सम्पन्न एक्स सूर्यकिरणको १२ औं श्रृखलामा महिला अधिकृत र जवानको सहभागिता रहे पनि भारतमा पहिलो पटक सहभागीता रहेको हो।

संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन्। अभ्यासका क्रममा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुन्छ।

नेपाल–भारत बीचको संयुक्त सैन्यअभ्यास एक्स सूर्यकिरण २०६७ बाट सुरु भएको हो। सुरुवातमा सानो संख्यामा दुबै देशका सैन्य अधिकृत र जवानको सहभागिता रहँदै आएको यो अभ्यास अहिले विस्तार भई झन्डै एउटा गणको आकारमा पुग्नथालेको छ।

नेपालले भारतबाहेक अमेरिका र चीन लगायतका दौत्य सम्बन्ध कायम रहेका मित्र राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

सैनिक स्रोतका अनुसार सैनिक ब्याटल स्कुलमा संचालित सैन्य अभ्यासको मंसिर ३० मा समापन हुँदैछ।

समापन समारोहमा सहभागी हुन भारतीय सेनाका उच्च अधिकारी सहभागी हुनेछन्। सेनाले समापन समारोहमा सहभागी हुने भारतीय सैन्य अधिकारीको नाम र पद अहिलेसम्म खुलाएको छैन।

यसपटकको अभ्यासमा भारतीय सेनाको सिख रेजिमेन्टका सैनिक अधिकृत र जवान सहभागी छन्। भारतीय सेनाको यो रेजिमेन्ट सीमा र विशेष कारबाहीका लागि जोखिमपूर्ण क्षेत्रमा तैनाथ हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .