राजनीति


न्यायाधीश हरि फूयाँललाई बोलाएर सोध्न चोलेन्द्रको सुझाव

न्यायाधीश हरि फूयाँललाई बोलाएर सोध्न चोलेन्द्रको सुझाव

नेपालखबर
भदौ २६, २०७९ आइतबार १९:४७, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले पनि समितिमा बोलाएर सोध्न निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले माग गरेका छन्।

संवैधानिक आयोगहरुमा भएको नियुक्तीको सुनुवाइ रोक्न एकल इजलासले आदेश दिएको र त्यो चोलेन्द्रकै आदेशमा भएको आरोपको खण्डन गर्दै उनले यसबारे समितिले न्यायाधीश फुयाँलले बोलाएर सोध्न सक्ने बताए। 

आइतबार समितिको बैठकमा बयान दिने क्रममा उनले भने आफूले दबाव दिएर न्यायाधीश फुयाँलले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दा रोक्न आदेश दिएका हुन् कि आफ्नै विवेकले भन्ने उनीबाटै जवाफ माग्न भनेका हुन्। 

‘त्यस्तो आदेश आउनुमा प्रधानन्यायाधीशकै भूमिका र संलग्नता रहेको भन्ने आरोप लगाइयो। यति घृणित कार्य त मबाट हुनै सक्दैन। यदि यो महाअभियोग छानबिन समितिलाई यस्तो लाग्छ भने उहाँलाई उपस्थित गराएर बुझ्दा पनि हुन्छ। यो अधिकार समितिलाई छ। उहाँले यो स्वतन्त्र रुपमा गर्नु भयो कि प्रधानन्यायाधीशको निर्देशनमा गर्नुभयो। यसरी प्रधानन्यायाधीशको निर्देशनमा पनि कुनै फैसला हुन्छ भनेर कल्पना गर्ने हो त?’, राणाले समितिलाई सोधे। 

आदेश गर्ने न्यायाधीशको विषयमा कुनै प्रश्न नगरिएको तर त्यो आदेशमा पनि आफैंलाई जोडिएको भन्दै उनले त्यसलाई घृणित कार्य भने। 

‘नेपाली भाषाको डिक्स्नरी भएको सबैभन्दा तल्लो तहको आरोप ममाथि लगाइयो। विधि र प्रक्रियाबाट नियुक्त प्रधानन्यायाधीशलाई यस्तो आरोप लगाउनु भनेको समग्र न्याय प्रणालीलाई असफल बनाउनु हो। सबै न्यायाधीश असफल छन् भन्ने गम्भीर आरोप हो’, चोलेन्द्रले भने, ‘आफ्नो योग्यता पुगेर नियुक्त भएका न्यायाधीशहरु आफ्नो भूमिकामा स्वतन्त्र छन्। यस्तो किसिमबाट गरेको निर्णयलाई प्रधानन्यायाधीशको दबाब र प्रभावमा पर्यो भनेर आरोप लगाउनु भनेको त अहिले बहाल रहेको न्यायाधीशमाथि पनि गम्भीर आरोप हो।’

सर्वोच्च अदालतका सबै न्यायाधीश विचौलिया हुन्, यिनलाई प्रधानन्यायाधीशले निर्देशन गर्छ। प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् जस्ता आरोप लगाइएको चोलेन्द्रले बताए। 

स्वतन्त्र न्यायपालिकालाई टिकिखान नदिने, बसिखान नदिने न्यायालयलाई ध्वंस बनाउने गरी आरोप लगाएको भन्दै चोलेन्द्रले आफूमाथिका आरोपको खण्डन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad