प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ नेपाली कांग्रेसले देशघाती चरित्र देखाएको आरोप लगाएका छन्।
दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) ले पुनः पारित गरी दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज आइतबार कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप पनि भयो।
यसै सन्दर्भमा एमाले नेता रावलले कांग्रेसको आलोचना गरेका हुन्।
एमाले नेता रावलले एमसीसी पास हुँदा, नेपाली भूमि अतिक्रमण हुँदा तथा राष्ट्रिय अस्मितामा आँच आउने काम हुँदाचाहिँ चुइँक्क नबोल्ने नेपाली कांग्रेसले देशको अस्तित्वसँग गाँसिएको नागरिकता विधेयक त्यो पनि प्रमाणीकरण गर्ने समय नबित्दै सडकमा मानिस उफारेर देशघाती चरित्र देखाएको आरोप लगाएका हुन्।
रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालमा विदेशी सैनिक अड्डा बनाउने, नेपालका सीमा मिचिने, प्राकृतिक स्रोत विदेशीको हितमा सुम्पने र राष्ट्रिय अस्मितामा आँच पुग्ने कामको विरोधमा चुइँक्क नबोल्ने, देशको अस्तित्व गाँसिएको नागरिकता विषयमा राष्ट्रपतिले प्रमाणीकरण गर्ने समय नबित्दै सडकमा मानिस उफार्ने नेकाको देशघाती चरित्र।’
Shares
प्रतिक्रिया